बागलुङमा नक्कली चिकित्सक पक्राउ

बाग्लुङ | असार २२, २०७९

बागलुङमा नक्कली चिकित्सक पक्राउ

 

बागलुङ:  यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै मेडिकलनै सञ्चालन गरेर अबैध रुपमा निरोगीताको प्रमाणपत्र वितरण गरिरहेका नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–२ स्थित यातायात व्यवस्था कार्यालयको छेवैमा शंकर पोलिक्लिनिक सञ्चालन गरेर अबैध निरोगीताको प्रमाणपत्र वितरण गर्ने उनीहरु आज दिउँसो पक्राउ परेका हुन् ।

 

धादिङ जिल्लाको धादिङबेशी नगरपालिका–५ का २७ बर्षिय राम अर्याल र नवलपुर जिल्लाको कावासोती नगरपालिका–९ बस्ने २१ बर्षिय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । अवैध व्यक्तिले सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा पोलिक्लिनिकमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो ।

 

उनीहरुले सम्बन्धित चिकित्सकको अनुपस्थिती मै स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन संकाय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । पोलिक्लिनिक बाट कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याडसमेत फेला पारेको उनले बताए । बागलुङ जिल्ला अदालत बागलुङबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद थपगरी अनुसन्धान भैरहेको रानाले बताए ।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्